११ श्रावण २०८१, शुक्रबार

राजमार्ग पुनः अबरुद्ध



बौनिया । यात्रुबाहक बसको ठक्करबाट दुई बालकको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको बौनियामा शनिबार पुनः यातायात अवरुद्ध पारिएको छ । यातायात अवरुद्ध गरिएपछि खुलाउन प्रहरीले लाठी चार्ज समेत गरेको छ ।
आफुहरूको माग प्रति वेवास्ता गरिएको भन्दै मृतकका आफन्त सहित स्थानीयले शनिबार १२ बजेदेखि पुनः राजमार्ग अवरुद्ध गराएका छन् । राजमार्गमा कुनै पनि सवारी साधन चल्न दिइएको छैन ।
मृतकका परिवारजनले घटनाको विरोध गर्दै शुक्रबार करिब ७ घण्टा राजमार्ग ठप्प पारेका थिए । यातायात व्यवसायी, मृतकका परिवार र प्रशासन बीच शुक्रबार २ पटक छलफलमा बसे पनि बिना निष्कर्ष टुंगिएको थियो । शनिबार पनि बसेको पहिलो चरणको छलफल बिना निष्कर्ष टुंगिएको मृतकका आफन्त इन्द्र चौधरीले जनाए ।
बिहिबार सा“झ महेन्द्रनगर बाट काठमाडौं जादै गरेको महाकाली यातायातको ना ७ ख ६०४६ नम्बरको यात्रु बाहक बसले बर्दगोरिया गाउ“पालिका वडा नम्बर १ साझा चोकमा साइकलमा सवार घोडाघोडी नगरपालिका वडा नम्बर ८ दिपनगरका १२ वर्षका लक्ष्मण चौधरी र बर्दगोरिया गाउ“पालिका वडा नम्बर १ मुडाका ८ वर्षीय अंशु चौधरीलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर भएका अंशुको भारतको लखनउ र लक्ष्मणको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।
मृतकका आफन्तले उचित क्षतिपूर्ति र दोषिलाई कारबाहीको माग गर्दै शनिबार पनि आन्दोलन गरे । उनीहरूले आफ्ना माग पुरा नभएसम्म मृतकको शव नबुझ्ने अडान राखेका छन् ।
प्रहरीले बस तथा चालकलाई नियन्त्रणमा लिइसकेको छ । शव टीकापुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार