११ श्रावण २०८१, शुक्रबार

साधु्को हत्या अभियोगमा तीन जना पक्राउ



डडेल्धुरा । डडेल्धुरामा भएको साधुको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले कुटीमा मृत भेटिएका साधु उमाशंकर गिरीको हत्यामा संलग्न भएको आशंकामा तीन जनालाई पक्राउ गरिएको जनाएको छ ।
डडेल्धुराका प्रमुख प्रहरी डिएसपी दधिराम न्यौपानेले तीनै जनालाई डडेल्धुरा र बैतडीको सिमाना क्षेत्रमा लुकेर बसेका बेला आईतबार पक्राउ गरेको बताए । प्रारम्भीक अनुसन्धानबाट साधु गिरीको ढुंगा प्रहार गरी हत्या भएको खुलेको उनले जानकारी दिए ।
अमरगढी अमरगढी नगरपालिका वडा नम्बर ६ भजनेउटास्थित कुटीमा वस्दै आएका करिब ७५ वर्षीय साधु गिरी गत बुधबार सा“झ मृत अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार