१२ श्रावण २०८१, शनिबार

सुदूरपश्चिमेली नेपाली समाजको अधिवेशन शुरु



धनगढी । विश्वका विभिन्न देशमा रोजगारी गरिरहेका सुदूरपश्चिमका नेपालीहरूको संस्था सुदूरपश्चिमेली नेपाली समाजको दोस्रो अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि धनगढीमा शुरु भएको छ ।

शुक्रबार एक समारोहबीच पूर्व मन्त्री रेमश लेखकले अधिवेशनको उद्घाटन गरे । अधिवेशन नया“ कार्यसमिति चयन गर्दै आज (शनिबार) सम्म चल्ने जनाइएको छ ।
सम्मेलनमा सुदूरपश्चिमको विकास र उत्थानका लागि प्रवासी सुदूरपश्चिमेलीहरूले निर्वाह गर्न सक्ने भूमिका, वैदेशिक रोजगार र विकल्प लगायतका विषयमा समेत छलफल हुने जनाइएको छ । समाजमा ४० भन्दा बढी राष्ट्रमा रहेका सुदूरपश्चिमेलीहरूको सहभागिता रहेको छ ।
उद्घाटन कार्यक्रममा पूर्वमन्त्री भक्तबहादुर बलायर, प्राध्यापक डाक्टर हेमराज पन्त, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, गैर आवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापा, समितिका सल्लाहकार नरेन्द्र भाट, गैर आवासीय नेपाली संघ जर्मनीका पूर्व अध्यक्ष नवराज रोस्यारा, बिभिन्न देशमा रहेका गैर आवासीय नेपाली संघ र समाजका प्रतिनिधि लगायतको सहभागिता थियो ।
उदघाटन कार्यक्रम समाजका अध्यक्ष धनबहादुर बलायरको अध्यक्षतामा भएको थियो । भने कार्यक्रमको सञ्चालन महासचिव अमृत शाहीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार