१२ श्रावण २०८१, शनिबार

वडाध्यक्षलाई कुटपिट गर्ने पक्राउ



टीकापुर । कैलालीको जानकी गाउँपालिकाका एक वडाध्यक्षमाथि कुटपिट गर्ने वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
जानकी गाउ“पालिका वडा नम्बर ९ का अध्यक्ष खकेन्द्र भण्डारीमाथि वडा सदस्य विजय बहादुर रावलले कुटपिट गरेको बताइएको छ ।
प्रहरी चौकी अमरावतीले वडा सदस्य रावललाई वडा नम्बर ९ को कटासे बजारबाट पक्राउ गरेको जनाएको छ ।
गत ५ गते जानकी गाउ“पालिकाको वडा नम्बर ९ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय पाताबारको विद्यालय व्यवस्थापन समिति गठनका क्रममा विवाद भएपछि वडा सदस्य रावलले वडाध्यक्ष भण्डारीमाथि कुटपिट गरेका थिए ।
व्यवस्थापन समितिको अध्यक्षमा निकटका व्यक्तिलाई भर्ना गर्न खोज्दा विरोध जनाएपछि आफूमाथि रावलले कुटपिट गरेको अध्यक्ष भण्डारीको आरोप रहेको छ । वडाध्यक्ष भण्डारीले मंगलबार मात्र ईलाका प्रहरी कार्यालय टीकापुरमा वडा सदस्य रावल विरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार