२५ मंसिर २०८१, मंगलवार

काँग्रेसको राष्ट्रिय जागरण अभियान



धनगढी । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानका क्रममा आईतबार धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा जागरण सभा भएका छन् ।


जागरण सभामा राष्ट्रिय जागरण अभियानका केन्द्रीय प्रतिनिधी मेखराज खड्काले पार्टीमा कुनै पनि प्रकारको गुटउपगुट हुनुहुदैन भन्ने आम कार्यकर्तामा सन्देश प्रवाह गर्ने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन भएको चर्चा गरे । उनले भने– अब पनि हामी एक भएनौ भने पार्टी लामो समयसम्म पछाडी पर्न सक्छ भन्ने सबैले हेक्का राख्नु जरुरी छ ।
कार्यक्रममा उपमहानगरपालिका प्रमुख तथा कांग्रेस धनगढीका नगर सभापति नृपबहादुर वडले जागरण अभियानमा युवाहरूलाई पहिलो प्राथमिकतामा राखिएको बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा आयोजित जागरण सभामा कार्यकर्ताहरूले केन्द्रबाट नै गुटउपगुटको अन्त्य गरेर कार्यकर्तामाझ आउन नेताहरुलाई आग्रह गरे ।
जागरणसभाहरुमा नेपाली कांग्रेसका नेता, कार्यकर्ता र शुभचिन्तकहरुबीच नेपाली कांग्रेसले स्थानीय, प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनमा ब्यहोरेको पराजयका बिषयमा छलफल तथा समिक्षा भैरहेको छ ।
त्यसैगरी पार्टीभित्रको सञ्चार प्रणालीलाई ब्यबस्थित बनाउनुपर्ने, युवा, दलित, महिला, जनजाती, थारु, पछाडी परेका क्षेत्रलाई आकर्षित गर्ने कार्यक्रम ल्याउनुपर्ने र सरकारले गरेका गलत निर्णय, अनियमिता जस्ता कुराको भण्डाफोर गर्नुपर्ने जस्ता बिषयमा सुझाव आउने गरेको नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार