१२ श्रावण २०८१, शनिबार

गौरा महोत्सव शुरु



धनगढी । धनगढीमा शनिबारदेखि गौरा महोत्सव, २०७६ शुरु भएको छ । महोत्सव भोली (सोमबार) सम्म सञ्चालन हुने जनाइएको छ ।


हाम्रो संस्कृति, हाम्रो पहिचान नेपाल नामक संस्थाको आयोजनामा धनगढीको खुल्ला मञ्चमा शुरु भएको महोत्सवको एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले उद्घाटन गरिन् ।
सो अवसरमा मन्त्री भट्टले गौरा सुदूरपश्चिम प्रदेशको विशिष्ठ पहिचान भएको र यो पर्वले सुदूरपश्चिमलाई नेपालभरी चिनाउन ठूलो योगदान दिएको चर्चा गरिन ।
मन्त्री भट्टले आधुनिकताका नाममा पछिल्लो समय सुदूरपश्चिम प्रदेशका मौलिक लोक डेउडा तथा नाचहरू लोप हुने अवस्थामा पुग्दै गएको चर्चा गरिन् । उनले भनिन्– सुदूरपश्चिम प्रदेशको मौलिक संस्कृति, कला तथा साहित्य समृद्धिको आधार हो । प्रदेश सरकार यहा“को साहित्य, कला तथा संस्कृतिको सम्वद्र्धन र विकासका लागि प्रतिवद्ध छ ।
कार्यक्रम हाम्रो संस्कृति, हाम्रो पहिचान नेपालका अध्यक्ष सुरत रावत (डोटेली कान्छा) को अध्यक्षतामा भएको थियो ।
महोत्सव उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश सभा सदस्य टेकबहादुर रैका, धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट, कैलाली जनपुस्तकालयका अध्यक्ष डाक्टर टिएन जोशी, साहित्यकार हेमन्त विवश लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा विशेष योगदान पु¥याएका साहित्यकार तथा अनुसन्धानकर्ता÷अन्वेषकहरूलाई सम्मान गरियो ।
महोत्सव उद्घाटन समारोहमा सुदूरपश्चिम लोक साहित्यका अन्वेषक देवदत्त पन्त तथा खण्डे खड्का (चल्ले शाही) लाई मरणोपरान्त सम्मान गरियो ।
त्यस्तै, प्राज्ञ बासुदेव पाण्डे, साहित्यकार गणेशराज जोशी, लोक साहित्य अनुसन्धानकर्ता हेमन्त विवस, चिनाराम नेपाली र भीम आउजीलाई सम्मान गरियो ।
महोत्सवमा प्रादेशिक डेउडा प्रतियोगिता, नौ वटै जिल्लाका सांस्कृतिक झा“की प्रदर्शनी, लोक संस्कृति सम्बन्धी कार्यपत्र प्रस्तुति, लोक बाजाहरुको प्रदर्शनी, लोक नृत्य तथा गायन, बाल प्रतिभा प्रवद्र्धन र लोक संस्कृतिका क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरेका सात जना स्रष्टालाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजक संस्थाका अध्यक्ष डोटेली कान्छाले बताए ।
यस वर्ष डेउडा प्रतियोगितामा नौ“ वटै जिल्लाका टिमको प्रतिनिधित्व गराइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार