१२ श्रावण २०८१, शनिबार

ग्लोवल र लक्ष्मी बैंकद्वारा हावाहुरी पीडितलाई सहयोग



धनगढी  । ग्लोबल आइएमई बैंक तथा लक्ष्मी विकास बैंकद्वारा हावाहुरी पीडितका लागि आर्थिक सहयोग प्रदान गरेका छन् ।
सोमबार एक संक्षिप्त कार्यक्रमबीच ग्लोबल आईएमई बैंकका प्रदेश कार्यालय प्रमुख महेन्द्र अधिकारी तथा लक्ष्मी बैंकका प्रबन्धक दिवाकर जोशीले धनगढी उपमहानगरपालिकामार्फत हावाहुरी पीडितलाई एक÷एक लाख रुपैया“ प्रदान गरे ।
सो अवसरमा नगर प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा, दुवै बैंकका अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा उपमहानगरपालिका वडले हावाहुरीको घाउमा मलम लगाउन सहयोग प्रदान गरेकोमा ग्लोबल तथा लक्ष्मी बैंकप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार