१२ श्रावण २०८१, शनिबार

अपराधिक तथा अवांछित गतिविधि नियन्त्रणमा सक्रिय हुँदै प्रहरी



धनगढी । कैलाली प्रहरीले जिल्लामा अपराधिक तथा अवान्छित घटना नियन्त्रण गर्न विशेष सक्रियता देखाएको छ ।


जिल्ला प्रहरी कार्यालय, कैलाली र मातहतका प्रहरी इकाईहरूले पछिल्लो तीन दिनमा विभिन्न अपराधिक घटनामा संलग्न रहेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ । त्यस्तै, विभिन्न घटनामा संलग्न आठ जनालाई कारागार चलान गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार जिल्ला सरकारी वकिल कार्यालयबाट हतकडी सहित फरार भएको लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २१ वर्षीय विक्रम चौधरीलाई प्रहरीले बुधबार पुनः पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय, टीकापुरले गत असार २५ गते टीकापुरबाट एक दशमलव पाँच ग्राम ब्राउनसुगर सहित पक्राउ परेका बिक्रमलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगेको बेला फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले फरार बिक्रमको खोजतलासको क्रममा पुनः पक्राउ गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको बताए ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय, कैलालीले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बाट लागु औषधको कारोबार गरिरहेका एक जनालाई बुधबार पक्राउ गरेको जनाएको छ ।
प्रहरीले वडा नम्बर ४ का २२ वर्षीय रवि क“ुवरलाई सात सय ४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए ।
त्यस्तै, कैलाली प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोलका विद्या केसीको घा“टीबाट सुनको सिक्री चोरी गरेको अभियोगमा सोही ठाउका ३३ वर्षीय रामराजा शाहलाई पक्राउ गरेको जनाएको छ ।
विद्याको घा“टीमा लगाइरहेको सिक्री लुटेर भागेको खबर प्राप्त भएपछि परिचालन भएको प्रहरी टोलीले रामराजालाई पक्राउ गरेको उनले बताए ।
त्यस्तै, भारतको पञ्जाब प्रदेशको लुधियाना, गुरुदेवनगरस्थित नन्द किशोरको घरबाट गत जेठमा चोरी गरेर कैलाली आएका सात जनालाई प्रह्ीले पुर्पक्षका लागि जिल्ला कारागार पठाएको जनाएको छ ।
प्रहरीका अनुसार कुमार भनिने सुरेन्द्र भुल, मानबहादुर कार्की, सन्तोष भट्टराई, शंकर भनिने मानबहादुर लुहार, गणेश विक, ध्वजबहादुर बिक र पुस्कर भुललाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कैलालीले कान्छा सुनार भनिने रबिन्द्र सोप, योगेन्द्र बिक, सुरेन्द्र बिक (कटुवाल) र नरेश सिजापतीलाई धरौटी तिरेपछि राजश्व सम्बन्धी अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग कोहलपुर पठाएको जनाएको छ ।
जिल्ला अदालतले उनीहरूसंग जनही एक लाख रुपैया“ धरौटी माग गरेको थियो । उनीहरूले धरौटी बुझाएपछि अदालतले राजश्व अनुसन्धान विभाग, कोहलपुर पठाउन आदेश दिएको प्रहरी उपरीक्षक बस्नेतले बताए । उनले सम्पुर्ण अनुसन्धान कार्य पश्चात जिल्ला अदालतबाट पक्राउ प्रतिवादी सिद्ध बिकलाई साधारण तारेखमा छोडिएको बताए ।
प्रहरी नायव उपरीक्षक बस्नेतका अनुसार अमन जोशी, कान्छु सुनार, मानबहादुर कार्की, शंकर बिक समेतले चोरी गर्ने योजना बनाई नन्द किशोरको घरमा काम गर्ने महेश बिकसंग समेत सल्लाह गरेका थिए । सोही बमोजिम कुमार भुल घरभित्र प्रवेश गरी राज पार्कीलाई बिषादी सेवन गराई बेहोस पारी नगद तथा धनमाल चोरी गरी भारत लखिमपुर हुदै कञ्चनपुरको पुनर्वासबाट उनीहरू नेपाल प्रवेश गरेका थिए ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार विहान भारतबाट अबैध रुपमा ब्रोइलर कुखुरा भित्राइरहेका दुई जनालाई पक्राउ गरेको छ ।
से १ प ५३१४ र से २ प १६३६ नम्बरको मोटरसाईकलमा भारतवाट एक क्विन्टल ६५ किलो अवैध कुखुरा ल्याइरहेका दुई जनालाई पक्राउ गरी सार्वजनिक हित विरुद्धको मुद्दा चलाएको प्रहरीले जनाएको छ ।
प्रहरीले राति साढे १ बजेतिर अवैध रुपमा ब्रोइलर कुखुरा बोकेका धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का राजेन्द्र साहु र वडा नम्बर ९ का ईश्वर भण्डारीलाई पक्राउ गरेको हो ।
बरामद गरिएको कुखुरा पशु क्वारेन्टाईन, कुखुरा व्यवसायी संघ र स्थानीय व्यक्तिहरूको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
त्यस्तै, इलाका प्रहरी कार्यालय अत्तरियाले बिहीबार मध्यरातमा जुवा खेलिरहेका नौ जनालाई दुई लाख बढी रुपैया“ सहित पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका वडा नम्बर १, अत्तरियास्थित खप्तड होटल रेष्टुरेन्ट एण्ड लजमा जुवा खेलिरहेका नौ जनालाई दुई लाख ३१ हजार आठ सय तीस रुपैया“ र तीन गड्डी तास सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ बमोजिम कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार