सूचनाको हक सम्बन्धी अभिमुखीकरण
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिमा आइतबार सूचनाको हक बिषयक अभिमुखीकरण कार्यक्रम भएको छ ।
धनगढी उपमहानगरपालिकाको सहयोगमा पब्लिक मिडिया नेपालको आयोजनामा भएको कार्यक्रममा नगर प्रमुख नृपबहादुर वडले नागरिकले सूचना पाउनु नैसर्गिक हक भएको बताए । उनले उपमहानगरपालिकाका हरेक गतिबिधिका सम्बन्धमा जनताले चाहेका समयमा सूचना पाउने ब्यबस्था मिलाईएको बताए ।
उनले नेपालमै पहिलो पटक धनगढी उपमहाननगरपालिकाले एप्स मार्फत नगरका गतिबिधि चाहेको बेला हेर्न सकिने ब्यबस्था गरी नागरिकको सूचनाको हकको ग्यारेण्टी गरिएको बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका १९ वटै वडाका ८० जनाको सहभागिता रहेको थियो ।
प्रशिक्षण कार्यक्रमको पत्रकार उमिदप्रसाद बागचन्दले सहजिकरण गरेका थिए । पब्लिक मिडिया नेपालका अध्यक्ष श्रवण देउवाको अध्यक्षमा भएको कार्यक्रमको संचालन सचिव कृतबहादुर बिष्टले गरेका थिए । कार्यक्रमा स्वागत मन्तब्य सीताराम ओझाले गरेका थिए ।