१२ श्रावण २०८१, शनिबार

जवरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ



धनगढी । कैलालीमा महिलालाई हतियार देखाएर जवरजस्ती करणी गर्न खोज्ने एक युवा पक्राउ परेका छन् ।


कैलाली प्रहरीले कैलारी गाउ“पालिका वडा नम्बर ८ लोहरपुर बस्ने २४ वर्षिय मनिश चौधरीलाई शुक्रबार राती पक्राउ गरेको हो ।
चौधरीलाई प्रहरीले धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरा शिविरबाट पक्राउ गरेको जनाएको छ ।
चौधरीले फागुन १८ गते दिउ“सो कैलारी गाउ“पालिका वडा नम्बर ६ मसुरिया र कनरी विचमा रहेको भरताल जंगलमा धारिलो हतियार चक्कु देखाई महिलामाथि जवरजस्ती करणी गर्ने प्रयास गरेको कैलाली प्रहरीका प्रहरी नायव उपरिक्षक दक्षबहादुर बस्नेतले बताए ।
उनका अनुसार चौधरीले पीडित महिलालाई जंगलभित्र लगी पीडितको सम्पूर्ण लुगा कपडाहरु खोल्न लगाई ब्राले हात र आफुले लगाएको बेल्टले घाटी बाधी जवरजस्ती करणीको प्रयास गरेको थियो ।
उनले पीडित महिलाले पैसाको प्रलोभन देखाएपछि चौधरी साईकल, मोबाईल र पैसा लिन गएको अवस्थामा पीडित महिला भाग्न सफल भएको बताए ।
प्रहरीले चौधरीलाई पक्राउ गर्दा लुटी लगेको मोबाईल बरामद गरेको जनाएको छ । प्रहरीले चौधरीलाई नियन्त्रणमा लगि थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यस्तै, धनगढीमा जबरजस्तीकरणी गर्न खोजेको आरोपमा ४५ वर्षिय युवा पक्राउ परेका छन् । वडा प्रहरी कार्यालयले शुक्रबार राती युवतीको कोठामै प्रवेश गरी जबरजस्तीकरणी गर्न खोजेको आरोपमा डोटीको शिखर नगरपालिका ५ का ४५ वर्षीय धनकुमार जोशीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको छ ।
वडा प्रहरी कार्यालयका प्रहरी नीरिक्षक वकिल बहादुर सिंहले घरमा डेरा गरी बस्दै आएका जोशीले राती साढे १ बजेको समयमा २० वर्षीया युवतीको कोठामै प्रवेश गरी करणी गर्न खोजेको जाहेरीका आधारमा पक्राउ गरिएको जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार