१२ श्रावण २०८१, शनिबार

भन्सार छलेर ल्याएकाे सामान पक्राउ



धनगढी । सशस्त्र प्रहरी बलको टोलीले धनगढी उपमहानगरपालिका ४ बसपार्क इलाकाबाट भन्सार छली ल्याइ रहेको लेडीज लेगिज र किराना समान पक्राउ गरेको छ ।

शुक्रवार बिहान सशस्त्र प्रहरी बल नेपाल न. ३४ गण कैलालीबाट स.प्र.ना. नि केशव बहादुर शाहीको कमान्डमा खटिगएको टोलीले अन्दाजी एक लाख सत्ताइस हजार आठ सय दश रुपैया“ बराबरको लेडीज लेगिज ९९३ पिस र किराना समान बरामद गरेको हो ।
बरामद गरिएको सामान आवश्यक कार्वाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाइएको गणपति सशस्त्र प्रहरी उपरीक्षक विष्णु प्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार