मनमोहन मेमोरियल यु–१६ को उपाधी प्रदेश २ लाई
काठमाडौं । काठमाडौंमा जारी मनमोहन मेमोरियल यु–१६ क्रिकेट प्रतियोगिताको उपाधी प्रदेश नम्बर २ ले जितेको छ । मंगलबार भएको फाइनल खेलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई हराउँदैे उपाधि जित्यो । कीर्तिपुर क्रिकेट मैदानमा भएको फाइनलमा प्रदेश २ ले सुदूरपश्चिम प्रदेशलाई चार विकेटले पराजित ग¥यो ।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले एक सय ३३ रनस्कोर बनायो । सुदूरपश्चिम उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । सुदूरपश्चिम प्रदेशका सुवास ऐरले ४७, सन्दिप विष्टले २८ तथा आशिष भट्टले २१ रन बनाए ।
बलिङतर्फ प्रदेश २ का विशाल पटेल र निखिल सिंहले तीन÷तीन विकेट लिए ।
जवाफमा प्रदेश २ ले २६ ओभर तीन बलमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । प्रदेश २ का लागि रोहन विकले ३६, शेख इमरानले १४, निखिल सिंहले २७ तथा विशाल पटेलले २८ रन बनाए ।
प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान प्रदेश तीनका आशिष भट्टराई बने । भने बेष्ट बलर प्रदेश तीन कै दिपक बोहोरा घोषित भए । यस्तै प्लेयर अफ द सिरिज सुदूरपश्चिमका सुवास ऐर बने ।
त्यस्तै, इमर्जिङ खेलाडी प्रदेश तीनका भरगव चटौत बने । उपाधिसँगै प्रदेश २ ले दुई लाख ५० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता सुदूरपश्चिमले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्यो ।