११ श्रावण २०८१, शुक्रबार

असिनाले भोगेश्वरमा ४० लाखको बाली क्षति



धनगढी । बुधबार साँझ हावाहुरीसंगै परेको असिना पानीले डडेल्ःधुराको भागेश्वर गाउँपालिकामा ४० लाख बढिको बालीनाली क्षति भएको छ ।

गाउँपालिकाले बिहिबार गरेको अध्ययन अनुसार हावाहुरी र असिना पानीले भागेश्वर गाउँपालिका १ र २ मा तरकारी, गहुँ र फलफुल नष्ट भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बिहिबार गरेको अध्ययन अनुसार ४० लाख बढिको बाली क्षति भएको जनाए ।
उनले वडा नम्बर १ को बुलेक, बकुन्ना, लेककुडा, टुँडेला, दुनालेक लगायतका ठाउँमा बाली क्षति भएको जनाए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार