११ श्रावण २०८१, शुक्रबार

मृगौला पीडितलाई सहयोग



टीकापुर । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १, ब्लक नम्बर ३२ का मृर्गौला पीडित ११ वर्षीया दुर्गा साउदलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
मृर्गौला पीडित बालिका दुर्गाका लागि संकलित सहयोग रकम पतञ्जली योग नगर समिती टीकापुरद्वारा संचालित पर्यटन सूचना केन्द्र योग साधना केन्द्रमा शुक्रबार आयोजित एक कार्यक्रमबीच उनकी आमा झुप्री साउदलाई प्रदान गरियो ।
योग साधना केन्द्रका संयोजक कल्पना जैशीको पहलमा विभिन्न व्यक्ति तथा संस्थाबाट ५२ हजार पा“च सय ५१ रुपैया“ संकलन गरिएको जनाइएको छ ।
संयोजक जैशीको अध्यक्षतामा भएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा पतञ्जली योग समिती सुदूरपश्चिम सदस्य तारा खरेल, कैलाली जिल्ला सदस्य सर्वानन्द चपाई, टीकापुर नगर अध्यक्ष बासुदेव वजगाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मृर्गौला पीडित बालिका दुर्गा कक्षा ७ मा अध्ययनरत रहेकी छिन् । उनको फागुन १२ गतेदेखि काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारका लागि भर्ना गरिएको उनकी आमा झुप्रीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार