२७ आश्विन २०८१, आईतवार

डाक्टरहरुको आन्दोलन अर्थहीनः मन्त्री पण्डित



धनगढी । संघीय मामिला तथा सामन्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारी डाक्टरहरुको आन्दोलन अनावश्यक भएको बताएका छन् ।


प्रदेश भ्रमणको सिलसिलामा धनगढी आएका मन्त्री पण्डितले सरकारले खटएको ठाउँमा नजाने कर्मचारी र डाक्टरलाई सरकारले कार्वाही गर्ने समेत बताएका हुन् । सरकारले खटाएको ठाउँमा जानै पर्छ मन्त्री पण्डितले भने । सबै डाक्टरले संघ रोजेर काठ्माडौमा घुम्न दिइने छैन्, प्रदेश र स्थानिय तहमा जानु पर्छ उनले भने ।
उनले कर्मचारी समायोजनका नाममा कर्मचारीले तह बढाउन माग गरेको उल्लेख गर्दै सरकारले अहिले कर्मचारीको तह बृद्धि गरेर समायोजन गर्न सक्ने समेत ढोका खुल्ला रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार