१० असार २०८१, आईतवार

बेलडाँडीमा अपाङ्गता परिचय पत्र वितरण शुरु



कञ्चनपुर । कञ्चनपुरमने बेलडाँडी गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण शुरु भएको छ ।
बेलडाँडी गाउँपालिका र अपाङ्ग सहजीकरण समितिको पहलमा परिचयपत्र वितरण शुरु भएको समितिका अध्यक्ष गणेश महर बिष्टले बताए ।
उनका अनुसार गाउँपालिका वडा नम्बर १ मा क बर्गका तीन जना, ख वर्गका ११ जना, ग बर्गका चार जना र घ बर्गका छ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।
त्यस्तै, वडा नम्बर ३ मा क बर्गका छ जना, ख बर्गका छ जना, ग बर्गका दुई जना तथा घ बर्गका एक जनालाई परिचयपत्र वितरण गरिएको छ । भने वडा नम्बर ४ मा क बर्गका दुई जना, ख बर्गका छ जना, ग बर्गका आठ जना र घ बर्गका सात जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।
त्यस्तै, वडा नम्बर ५ मा क बर्गका छ जना, ख बर्गका चार जना, ग बर्गका चार जना र घ बर्गका दुई जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । समितिका अध्यक्ष बिष्टले वडा नम्बर २ मा आगामी बैशाख ५ गतेदेखि परिचयपत्र वितरण कार्य शुरु हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार