११ श्रावण २०८१, शुक्रबार

४१ औं नेत्रज्योति दिवस मनाइयो



धनगढी । नेपाल नेत्रज्योति संघ कैलाली, गेटा आ“खा अस्पतालको आयोजनामा बुधबार ४१ औं नेत्रज्योति दिवस मनाइयो । कार्यक्रमको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उद्घाटन गरे । कार्यक्रम नेत्रज्योति संघका कैलाली अध्यक्ष यज्ञराज चौधरीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा गोदावरी नगरपालिका उपमेयर रत्ना कडायत, नेपाल नेत्र ज्योति संघका केन्द्रीय उपाध्यक्ष चक्रबहादुर सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

संघका कैलाली सचिव लोकराज जोशीले संचालन गरेको कार्यक्रममा संघका सहसचिव चन्द्रबहादुर चन्दले स्वागत गरेका थिए ।
कार्यक्रममा गेटा आ“खा अस्पतालका निर्देशक डाक्टर सुरेशराज पन्तले आ“खा रोगको वर्तमान अवस्था तथा गेटा आ“खा अस्पतालका कार्यक्रमबारे चर्चा गरेका थिए ।
“आ“खा स्वास्थ्य सबैका लागि” भन्ने नाराका साथ मनाइएको कार्यक्रममा हालको अन्धोपनको अवस्था, गेटा आ“खा अस्पतालमा संचालित कार्यक्रमहरु र अन्धोपन न्यूनीकरणका प्रयासबारे जानकारी गराइएको थियो ।
नेत्रज्याति संघका अनुसार हाल विश्वभरी तीन करोड ६० लाख मानिस दृष्टिविहीन छन् । भने प्रत्येक पा“च सेकेन्डमा एक जना व्यक्ति दृष्टिविहिन भईरहेको तथा प्रत्येक एक मिनेटमा एकजना बच्चा दृष्टिविहिन भईरहेको छ ।
त्यस्तै, विश्वमा ८० प्रतिशतभन्दा बढि दृष्टिविहीन तथा न्यूनदृष्टि भएकाहरु उपचारबाट निको हुन सक्ने रोगको कारणले दृष्टिविहीन वा न्यूनदृष्टि भएर बाच्न बाध्य छन् ।
त्यस्तै, अन्धोपन तथा न्यूनदृष्टिबाट पिडित नौ सय पा“च जना मानिस नेपाल जस्तो विकासोन्मुख देशमा बसोबास गर्दछन् ।
भने, संसारमा न्यूनदृष्टि भएका मध्ये ५५ प्रतिशत महिलाहरु छन् भने नेपालमा ६० प्रतिशत महिला रहेको अध्ययनले देखाएको छ । त्यस्तै, एक करोड ९० लाख बालबालिकाहरु संसारभरमा दृष्टिविहीन छन् । भने, नेपालमा हाल करिव एक लाख भन्दा बढी मानिस दृष्टिविहिन तथा प्रत्येक वर्ष २५ हजार नया“ दृष्टिविहिन थपिने गरेका छन् ।
त्यस्तै, नेपालमा छ लाख मानिस दृष्टि क्षमता कमजोर भएका छन् भने दृष्टिविहिन वच्चाहरु १३ हजार दुई सय छन् र प्रत्येक दिन सात जना नया“ दृष्टिविहिन बच्चा थपिने गरेका छन् ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशमा अन्धोपन न्यूनीकरण गर्न संचालन गरिएका कार्यक्रहरुको प्रतिफल अन्धोपन १.२ प्रतिशतबाट ०.४१ प्रतिशतमा झार्न अस्पताल सफल भएको नेत्रज्योति संघले जनाएको छ ।
गेटा आ“खा अस्पतालले सुदूरपश्चिम प्रदेशका ग्रामीण क्षेत्रसम्म जनचेतना जगाई आँखा उपचार सेवामा पहुच बढाउन महिला स्वास्थ्य स्वयंसेविका तालिम, शिक्षकहरुका लागि दृष्टि परिक्षण तालिम, स्वास्थ्य कार्यकर्ता तथा औषधि व्यवसायीहरुका लागि तालिम संचालन गर्दै आईरहेको जनाएको छ ।
यस वर्ष अस्पतालले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा अतिरिक्त आंखा शिविर संचालन गरि अन्धोपन न्यूनीकरण गर्न निःशुल्क शल्यक्रिया गर्दै आईरहेको जनाएको छ ।
गत आर्थिक वर्ष २०७४÷७५ मा अस्पतालले एक लाख सात हजार एक सय २६ जनाको आंखा परिक्षण गरि २४ हजार ८४ जनाको शल्यक्रिया गर्नको साथै प्रदेशमा ४७ स्थानमा आंखा शिविर संचालन गरि २२ हजार नौ सय ७१ जनाको आंखा परिक्षण तथा चार हजार छ सय १३ जनाको निःशुल्क शल्यक्रिया गर्नुको साथै १८ हजार तीन सय ५८ जनालाई निःशुल्क औषधि उपचार गरेको जनाइएको छ ।
हाल अस्पतालमा बाल आँखा उपचार सेवा, आंखाको दृष्टिपर्दाको बिशेष उपचार सेवा, अकुलोप्लाष्टि सेवा, जलविन्दु उपचार विशेष क्लिनिक, आँखाको नानी प्रत्यारोपण तथा उपचार, न्यून दृष्टि सेवा, कन्ट्याक्ट लेन्स सेवा, प्रयोगशाला सेवा समेत संचालन भई रहेका छन् ।
त्यस्तै, आंखा उपचार सेवामा पहूच बढाउन आँखा अस्पतालले यस प्रदेशका नौ वटै जिल्लाहरुमा १३ वटा आंखा उपचार केन्द्र मार्फत सेवा बिस्तार गर्नुको साथै आँखा शिविर संचालन गरि सेवा प्रदान गर्दै आई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार