३१ भाद्र २०८१, सोमबार

कांग्रेस एमाले गठवन्धन भत्काउन कसैले सक्दैन : गृहमन्त्री लेखक




धनगढी/ नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमालेको गठबन्धनको सरकार अत्यन्तै सौहार्दपूर्ण, सरल र राम्रो वातावरणले अघि बढी रहेको बताएका छन्।

धनगढी विमानस्थलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कसैले अप्ठ्यारो पार्न खोजे पनि त्यस्तो समस्या आउने सम्भावना नभएको बताए ।

संविधान निर्माण र संशोधनको विषय दुई पार्टीको इच्छा वा चाहनाले मात्र नहुने पनि उनले सो अवसरमा बताए । सबै दलहरूका बीच सहमति गरेर मात्रै संविधान संशोधन हुने गृहमन्त्री लेखकले दाबी गरे ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशीलाई थप मजबुत गर्ने गरी संविधान संशोधन हुने बताए।

उनले सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा सैद्धान्तिक रूपमा प्रहरी समायोजन विषयमा दिएको विषयलाई अतिरञ्जित ढंगबाट बाहिर ल्याइएको बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार