३१ भाद्र २०८१, सोमबार

फाया नेपालको २७औं साधारणसभा तथा सामाजिक सम्पन्न



धनगढी : सुदूपश्चिममा कार्यरत गैरसरकारी संस्था फाया नेपालको २७औं साधारणसभा तथा सामाजिक लेखापरिक्षण सम्पन्न भएको छ । विगत ३० बर्ष देखि देशका विभिन्न जिल्लामा गतिविधी सञ्चालन गर्दै आएको फायाले आफ्नो २७औं साधारणसभा तथा सामाजिक लेखापरिक्षण सम्पन्न गरेको हो ।

कार्यक्रममा स्वास्थ,शिक्षा,जीविकोपार्जन, विपद्जोखिम न्युनिकरण र महिला सशक्तिकरणका सवालहरुमा कार्य गरेको प्रस्तुत गरेको थियो ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की प्रमुख आतिथी र प्रदेशसभा सदस्य धर्मराज पाठक विशिष्ठ अतिथी रहेको उक्त कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

मन्त्री सार्कीले फाया नेपाल जस्ता नागरिक संस्थाहरुले समाजमा पछाडी पारिएका समुदायका लागि राम्रो कामहरु गर्दै आएको बताए । उनले संस्थाले प्रस्तुत गरेका कार्यक्रमहरुमा स्वास्थ्यको क्षेत्र, विपद्को क्षेत्र, ज्येष्ठ नागरिकको सवाल र कैदी बन्दीका परिवारहरुको आर्थिक सशक्तिकरणका लागि गरेका प्रयासहरु सह्रानिय भएको बताए ।

यस्तै कार्यक्रममा प्रदेशसभा सदस्य पाठकले फाया नेपाल जस्ता नागरिक संस्थाहरुले समाजमा सकारात्मकता जगाउने कार्य गर्नुपर्ने धारणा व्यक्त गरे । उनले समाजमा नकारात्मकता र निराशा बढ्दो क्रम रहेको बताउदैँ युवाहरुमा यसको नक्रात्मक असरहरु देखिएका छन, देशमा केही हुँदैन भन्ने भाष्य तयार गरेर युवा पलायनको विउ रोपिएको बताए ।

कार्यक्रममा चुरे गाँउपालीका अध्यक्ष चक्र्रबहादुर बोगटीले फाया नेपाल चुरे गाउँपालीकाको भरोसाको साथी बनेको बताए । फायाले विकट चुरेमा स्वास्थ्य सेवा प्रवाह सहज गर्न स्वास्थ्य चौकीको गुणस्तरिय भवन निर्माण गरेर पालीकालाइ हस्तान्तरण गरेको भन्दै अध्यक्ष बोगटीले प्रशंसा गरे ।

साधारणसभाको उद्घाटन तथा सामाजिक लेखापरिक्षणको उक्त अवसरमा राष्ट्रीय मानब अधिकार आयोग ,युएनडिपी, बल्र्डभिजन, गैर सरकारी संस्था महासंघ लगायतका अन्य संस्था तथा ब्यक्तिहरुले साधारणसभाको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

उद्घाटन समारोह पश्चातको बन्द शत्रमा बार्षिक प्रगती प्रतिवेदनलाइ पारित गर्दै आर्थिक बर्ष २०८०/०८१ को ८ करोड ५० लाख ४ हजार २ सय ९३ बराबरको बास्तविक आय ब्यय विवरण र आर्थिक बर्ष २०८१/०८२ को लागि अनुमानित ८ करोड ७५ लाख ३० हजार ३ सय ५९ रुपैंया बराबरको बजेटलाइ पारित गरेको छ ।

यस अवसरमा फाया नेपालको नयाँ कार्य समिति पनी चयन भएको छ । जसमा अध्यक्ष गोमा आचार्य, सचिब दिल बहादुर कुँवर, कोषाध्यक्ष ज्योती श्रेष्ठ बिक, सदस्यहरुमा सुर्यमाया श्रेष्ठ, विष्णु पुरी, भागिराम चौधरी र विन्दु ओझा सर्वसम्मत रुपमा चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार