१ कार्तिक २०८१, बिहीबार

किसान महासंद्धारा मदन स्मृतिमा बृक्षारोपण




धनगढी/ अखिल नेपाल किसान महासंघ सुदुरपश्चिमले स्व .जननेता मदन भन्डारी को ७३ औ स्मृति दिवस मनाएको छ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को तारानगर वन परिसरमा विभिन्न प्रजातिका १५० भन्दा बढी फलफुलका बिरुवा बृक्षारोपण गरेर शुक्रबार किसान महासंघले मदन स्मृति मनाएको हो ।

सो अवसरमा नेकपा (एमाले ) केन्द्रीय सदस्य सन्तोस शर्मा ,प्रदेश कमिटी सचिव रणबहादुर चन्द, जिल्ला उपाध्यक्ष लोकेन्द्र शाही, निवर्तमान अध्यक्ष दुर्गाप्रसाद जोशी,अखिल नेपाल किसान महासंघका स्थायी कमिटी सदस्य नेपालु चौधरी ,प्रदेश अध्यक्ष मदन रेग्मी, उपाध्यक्ष हेमा शाही, कोषाध्यक्ष गोपाल पाठक लगायत नेता कार्यकर्ताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार