१२ बैशाख २०८२, शुक्रबार

अधिकारीप्रति नेकपा सुदूरपश्चिमद्वारा श्रद्धाञ्जली अर्पण



धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम कमिटीले स्वर्गीय पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।


अधिकारीको शनिबार राति निधन भएपछि नेकपा सुदूरपश्चिमले आइतबार धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जली सभा आयोजना गरेको हो । नेकपामा सुदूरपश्चिम प्रदेश ईञ्चार्ज लक्ष्मणदत्त जोशी, प्रदेशका मन्त्रीहरु, प्रदेश सभा सदस्य लगायत नेकपामा पार्टी सदस्यहरुको सहभागितामा श्रद्धाञ्जली सभा गरिएको थियो ।
नेकपा सुदूरपश्चिमले अधिकारीको निधनबाट नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति पुगेको जनाएको छ । नेकपाले शोकमा पार्टी कार्यालयहरुमा एक दिन पार्टीको झण्डा झुकाउने र तीन दिन शोक पुस्तिका राखी शोक मनाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार