१२ बैशाख २०८२, शुक्रबार

संवाद समूह र युनिक नेपालको त्रैमासिक बैठक



धनगढी । साझा संवाद समूह धनगढी तथा युनिक नेपालको संयुक्त आयोजनामा सोमबार धनगढीमा नागरिक समाज/सञ्चारकर्मीहरूसँग त्रैमासिक बैठक भएको छ । कार्यक्रम सुन्दर शान्त नेपाल परियोना अन्तर्गत सो कार्यक्रम भएको थियो ।
समूहका अध्यक्ष चेतमान साउँदको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष हेमकर्ण विकले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी गराएका थिए ।
धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा सुरु भएको परियोजनाले स्थानीय तहका जनप्रतिनिधिहरूको चुनौति, संघीयताको अवस्था, सीमान्तकृत समुदायका सवाल, नागरिकले संघीयतालाई कसरी बुझेको छ भन्ने बारेमा पैरवी गर्ने जनाइएको छ । महासंघ अध्यक्ष विकले परियोजनाले जनप्रतिनिधिहरूले सीमान्तकृत समुदायसँग छलफल, अभिमुखीकरण गरी संघीयताको कार्यान्वयन, पहुँचबारे कार्यक्रम गर्ने बताए ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका न्यायिक समितिका सदस्य रत्ना विष्ट, प्रेम विक, कौशिला चोधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार