७ चैत्र २०८१, शुक्रबार

समाचार सत्य भए सांसद पद त्याग्छु– सांसद रावल



लम्की । कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य झपटबहादुर रावलले रानी, जमरा, कुलरिया सिंचाईं आयोजनामा आफूले कुनै कमिशन लिएको प्रमाणित भए सांसद पदबाट राजिनामा दिने बताएका छन् ।
बिहीबार लम्कीमा पत्रकार सम्मेलन आयोजना गरी सांसद रावलले रानी, जमरा, कुलरिया सिंचाईं आयोजनामा आफ्नो कुनै पनि संलग्नता नरहेको दावी गरे ।
उनले एउटा पत्रिकामा आफू विरुद्ध झुठो समाचार प्रकाशित भएको दावी गरे । उनले सिंचाईं आयोजनामा आफ्नो संलग्नता भए प्रमाणित गर्न चुनौति दिए ।
रानी, जमरा कुलरिया सिंचाईं आयोजनाको ट्याक्टर खरिद गर्ने विषयमा सहमति रहेको शीर्षकको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै सांसद रावलले उपचारका लागि कानूनी बाटो अवलम्बन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार