संविधानको व्यवस्था पालन भएन : दलित अगुवा
धनगढी । संघीय संरचनामा समावेशिता र दलित अधिकार विषयक संवाद कार्यक्रम मंगलबार धनगढीमा भएको छ ।
शान्तिका लागि साझा अभियान (कोक्याप)को आयोजनामा भएको कार्यक्रममा अधिकांस वक्ताले संविधानमा जातीय विभेदका अन्त्यका लागि कायम भएको व्यवस्था पालना हुन नसकेको गुनासो गरेका थिए ।
जातीय छुवाछूत अन्त्य हुने गरी संविधानमा लेखिएपनि त्यो कागजमा मात्रै सीमित भएको प्रदेश सभा सदस्य लालबहादुर खडकाले बताए ।
प्रदेश सभा सदस्य दुर्गा विकले देखावटी रूपमा छुवाछूत नगरेपनि विभिन्न रूपमा विभेद कायमै रहेको गुनासो गरिन् । उनले जनचेतनाको कमी र नीति तथा ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा समाजमा जातीय छुवाछूत कायम रहेको बताइन् ।
प्रदेश सभा सदस्य टेकबहादुर रैकाले जातीय छुवाछूत कायम रहेको बताउँदै, “यसको अन्त्यका लागि संघसंस्थासँगै सबै सरोकारवालाले एकजुट भएर लाग्न जरुरी छ ।” उनले दलित र गैरदलितभित्र पनि यो समस्या कायम रहेको गुनासो गरे ।
उनले जातीय विभेदका लागि विगतबाट थुपै्र पहल गर्दै आइरहेको र त्यो पहल अब पनि जारी रहने आश्वासन दिए ।
कोक्यापका केन्द्रीय महासचिव पुष्प भुषालको अध्यक्षतामा भएका कार्यक्रममा अधिवक्ता गम्भिरसिंह ऐरले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, मानवअधिकारका क्षेत्रमा काम गरिरहेका अधिकारकर्मी, अधिवक्ता, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
कोक्यापका कार्यक्रम संयोजक हरि तिमिल्सिनाले स्वागत गरेको कार्यक्रमको सञ्चालन अमिर तिरुवाले गरेका थिए ।