लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान : विश्वज्योतिद्वारा अन्तरक्रिया
अत्तरिया । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा विश्वज्योति महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा सोमबार अत्तरियामा अन्तरक्रिया कार्यक्रम भएको छ ।
अन्तरक्रियामा सहभागीहरूले अझैं पनि पैतृक सम्पतिमाथि महिलाको अधिकार सुनिश्चित नहुन, अशिक्षा, बेरोजगारी तथा सामाजिक तथा सांस्कृतिक कुरीति तथा अन्धविश्वासका कारण महिलाहरू घरेलु हिंसाबाट पीडित हुनु परिरहेको चर्चा गरे ।
सहभागीहरूले महिलामाथि हुने कुनै पनि प्रकारको विभेद तथा हिंसाको अन्त्यका लागि घरपरिवारबाटै पहल हुनुपर्ने बताए ।
कार्यक्रमको सहकारी संस्थाका अध्यक्ष तुलसी देवकोटाले सहजीकरण गरेकी थिइन् । भने संस्थाका कोषाध्यक्ष लक्ष्मी भट्टले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।




