१८ आश्विन २०८१, शुक्रबार

बाख्रापालन तालिम तथा सहयोग कार्यक्रम शुरु



धनगढी । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको आयोजनामा आइतबार धनगढीमा दुई दिने बाख्रापालन तालिम तथा सहयोग कार्यक्रम शुरु भएको छ । युनाइटेड नेशन ह्युमन राइटको सहयोगमा मुक्त हलिया पुनस्र्थापनाका लागि पैरवी परियोजना अन्तर्गत सो तालिम तथा सहयोग कार्यक्रम भएको थियो ।
तालिममा सहभागी गौरीगंगा नगरपालिकाका चार जना र धनगढी उपमहानगरपालिकाका एक जनालाई सहयोग गरिएको थियो ।
संघका अनुसार बाख्रापालनमा सहयोग स्वरूप जनही २८ हजार रुपैयाँ र दुई दिने तालिम प्रदान गरिएको छ ।
सहभागीहरूलाई प्रदेश सभा सदस्य टेकबहादुर रैकाले नगद सहयोग हस्तान्तरण गरेका थिए ।
तालिममा पशुसेवा केन्द्र फूलवारीका नविन सिलाधरले प्रशिक्षण दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार