शहीद स्मृति जनस्वास्थ्य सहकारीको वार्षिक सभा
टीकापुर । शहीद स्मृति जनस्वास्थ्य सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा शनिबार टीकापुरमा भएको छ ।
साधारण सभाको सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका नेता डाक्टर रणबहादुर रावलले एक समारोहबीच उद्घाटन गरे । सो अवसरमा प्रमुख प्रतिपक्षी नेता रावलले सहकारी संस्थाका कारण रोजगारी सिर्जनामा योगदान पुगिरहेको चर्चा गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन जाने सेवाग्राहीले सन्तुष्टि महसुस हुने गरी सेवा प्रवाहबारे जनप्रतिनिधिहरूले निगरानी बढाउन जरुरी रहेको बताए ।
कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष गंगाराम आचार्य, वडा नम्बर ३ का अध्यक्ष रामसेवक महता, संस्थाका सल्लाहकार बलबहादुर रावल, सदस्य पुष्पराज उपाध्याय लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभा संस्थाका अध्यक्ष योजना अधिकारीको अध्यक्षतामा भएको थियो ।
साधारण सभा उद्घाटन कार्यक्रममा एसईई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा रोहित तिमिल्सिनालाई तीन हजार रुपैया पुरस्कार प्रदान गरियो ।
त्यस्तै, असल बचतकर्ता कौशिल्ला खनाल र असल ऋणि जुनीदेवी रावललाई सम्मान गरिएको थियो ।
उद्घाटन समारोहको सञ्चालन रतनराज तिमिल्सनाले गरेका थिए ।