१३ कार्तिक २०८१, मंगलवार

तिलाचौरमा वृहत जनचेतनामूलक सरसफाई कार्यक्रम



महेन्द्रनगर । भीमदत्त नगरपालिका जनप्रतिधि, सुरक्षाकर्मी, समाजसेवी सहितको सहभागितामा शनिबार तिलाचौरमा जनचेतनामूलक सरसफाई कार्यक्रम भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भीमदत्त नगरपालिका स्तरीय पालिका समितिको अगुवाईमा तिलाचौरमा सरसफाई गरिएको थियो ।
पालिका समितिले हरेक शनिबार नगरका विभिन्न क्षेत्रमा वृहत जनचेतनामूलक सरसफाई कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सरसफाई कार्यक्रममा भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंह, वडा नम्बर ८ का अध्यक्ष ध्वजबहादुर बिष्ट, वडा नम्बर ४ का अध्यक्ष लक्ष्मीदत्त वोहरा, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायत, विद्यार्थी, शिक्षक, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा तिलाचौरस्थित त्रिभुवन माध्यमिक विद्यालय परिसर तथा वरपरका क्षेत्रमा सरसफाई गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार