१४ कार्तिक २०८१, बुधबार

काँग्रेस कैलालीको बैठक : निर्मलाका हत्यारा तत्काल पत्ता लगाउन सरकारको ध्यानाकर्षण



जोशीपुर । नेपाली काँग्रेस कैलालीले चार महिना अघि कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनाको सत्यतथ्य तथा वास्तविक दोषि छिटोभन्दा छिटो पत्ता लगाउन सरकारको ध्यानाकर्षण गरेको छ । शनिबार कैलालीको जोशीपुरमा बसेको जिल्ला कार्यसमितिको बैठकले घटना भएको चार महिना बढी भइसक्दा पनि अहिलेसम्म घटनाको सत्यतथ्य पत्ता लगाउन नसकेकोमा खेद प्रकट गरिएको छ ।
नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह (मनु) को अध्यक्षतामा बसेको बैठकले
आसन्न महासमिति बैठकका एजेन्डामाथि गम्भीर छलफल भएको जनाइएको छ ।
काँग्रेसका जिल्ला सचिव दीपकराज जोशीका अनुसार बैठकले मोहन्याल फल्लेबिसौनामा रुख काटेको झुठो आरोपमा मोहन्याल गाउँपालिका वडा नम्बर ३ का वडा ध्यक्ष नन्दराज गिरी र सामुदायिक वनका अध्यक्ष जय गिरीमाथि मुद्दा लगाइएकोमा खेद व्यक्त गरेको छ । काँग्रेस कैलालीले आज (आइतबार) दुवै जनामाथि लगाइएको झुठा मुद्दा फिर्ता नलिए चरणवद्ध रूपमा आन्दोलन अघि बढाउने पनि निर्णय गरेको सचिव जोशीले बताए ।
त्यस्तै, बैठकले काठमाडौंमा अधिकारको माग गरिरहेका शिक्षकहरूमाथि सरकारले गरेको दमनप्रति घोर निन्दा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार