१५ पुष २०८२, मंगलवार

टीकापुर जेसीजको अधिवेशन शुरु



टीकापुर । टीकापुर जेसीजको २१ औं शाखा अधिवेशन शुक्रबार टीकापुरमा शुरु भएको छ । अधिवेशनको एक समारोहबीच सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य उमादेवी वादी, नेपाल जेसीजका उपाध्यक्ष टेकराज रेग्मी, टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गंगाराम आचार्य, नेपाली काँग्रेसका क्षेत्रीय सभापति भूवनेश्वर अधिकारी लगायतले शुभकामनता मन्तव्य व्यक्त गरेका थिए ।
टीकापुर जेसीज वर्ष १८ का अध्यक्ष लालकेश जैशीको अध्यक्षतमा भएको कार्यक्रममा टीकापुर जेसीजका संस्थापक अध्यक्ष प्राध्यापक डाक्टर जगतबहादुर सिंह रावल, जेसिजका पूर्व अध्यक्ष राजकुमार हमाल, कीर्तिसिंह बम, योग प्रशिक्षक दीर्घराज गिरी, लम्की जेसीजका अध्यक्ष रामबहादुर बोगटी, बौनिया जेसीजका अध्यक्ष जनक विष्टले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
टीकापुर जेसीजका महासचिव सुरेशप्रसाद रिमालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष झनक तिमिल्सीनाले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार