लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान : निबन्ध लेखन प्रतियोगिता
धनगढी । ‘लैगिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ मनाइरहेको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा मंगलबार निबन्ध लेखन प्रतियोगिता भएको छ ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ सेहेरीस्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजना गरिएको निवन्ध लेखन प्रतियोगितामा ठेकराज माध्यमिक विद्यालयकी सुमित्रा राना प्रथम भइन् ।
प्रतियोगितामा ठेकराज माध्यमिक विद्यालयकै पूजा चौधरी द्वितीय तथा सरस्वती माध्यमिक विद्यालयकी सरु चौधरी तृतीय भइन् भने सरस्वती माध्यमिक विद्यालयकी खेमसरी जोशीले चौथो स्थान प्राप्त गरिन् ।
प्रतियोगिता समापनका अवसरमा ९ नम्बर वडाका अध्यक्ष लहानु चौधरी, महिला विकास समाज कैलालीका अध्यक्ष शान्ति शर्मा, सरस्वति माध्यमिक विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामलाल राना लगायतले विजेतालाई पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा चार विद्यालयका १४ जना विद्यार्थीले भाग लिएका थिए ।
महिला विकास समाज कैलालीको सहयोगमा रेष्ट मानव वेचविखन विरुद्धको पैरवी समूह कैलालीले आयोजना गरेको कार्यक्रममा पैरवी समूहका टिम लिडर हिरा थापाले कार्यक्रमबारे जानकारी गराएकी थिइन् ।