६ पुष २०८१, शनिबार

खास हेल्थ कम्पनीद्वारा खुला वक्तृत्वकला प्रतियोगिता



धनगढी । विश्व एड्स दिवस २०१८ को अवसरमा खास हेल्थ क्लिनिक एण्ड प्याथोलोजीद्वारा आयोजित ‘एचआईभी/एड्स जनचेतनामा विद्यार्थीको भूमिका’ शीर्षकमा वक्तृत्व कला प्रतियोगिता भएको छ ।
प्रतियोगितामा कक्षा ८, ९ र १० मा अध्ययनरत १५ जना विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा स्टेप्पिंग स्टोन विद्यालयका छात्रा जानवी जोशीले प्रथम स्थान, स्टेप्पिंग स्टोन विद्यालयकै छात्र तुसार उप्रेती र सिद्धबाबा विद्यालयका छात्र टेकराज जोशीले दोश्रो स्थान, र ऐश्वर्य विद्यालयका छात्रा मर्यादा भट्टले तेस्रो स्थान प्राप्त गरेका थिए ।
गोपनीय एचआईवी परीक्षणमा पहुँचको कमि, सामाजिक डर र भेदभावले एचआईभी परीक्षण लिन मानिसहरूलाई गारो भइरहेको छ । धेरै जसो व्यक्तिहरू आफ्नो शो इच्छाले समयमै एचआईभी परीक्षण नगर्ने तथा लक्षण देखापरेपछि मात्र एचआईभी परीक्षण गर्ने गरेको कारणले एचआईभी उपचारमा ढिलो हुने गर्दछ ।
सो अवसरमा खास हेल्थ क्लिनिक एण्ड प्याथोलोजी द्वारा मंसिर १५ देखि २२ गतेसम्म यौन रोगबारे परीक्षणका साथै नि:शुल्क स्वास्थ्य तथा औषधि परामर्श सेवा प्रदान गरिने खास हेल्थ व्यवस्थापन टीमका म्यानेजर चक्रप्रसाद जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार