१५ पुष २०८२, मंगलवार

अभियानलाई सफलपार्न सरोकारवालासँगको समन्वय



धनगढी । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सफलपार्न सरोकारवाला संघसंस्थाहरूसँग समन्वय गर्न जरुरी रहेको एक कार्यक्रमका सहभागीहरू बताएका छन् । अभियान अवधिभर दलित महिला अधिकार मञ्च नेपाल, ओरेक नेपाल, याक नेपाल, मुक्त कमलहरी विकास मञ्च, मानव अधिकारको लागि महिला एकल महिला, महिला मानव मानव अधिकार रक्षक सञ्जाल, इन्सेक, फेदो, महिला ग्रामीण विकास मञ्च, बेस कैलाली, क्रियाशील पत्रकार महिला लगायतले संयुक्तरूपले विभिन्न कार्यक्रम गर्ने बताएका छन् ।
कार्यक्रममा अभियानको क्रममा लैंगिक विभेदमा आधारित हिंसाको अवस्था र चुनौति विषयक अन्तरक्रिया, परम्परागत हानीकारक अभ्यास न्यूनीकरणको लागि सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया, बलात्कार विरुद्धको कानून कार्यान्वयन र प्रभावकारी अनुसन्धान प्रक्रिया विषयक साझा मञ्च, महिला मानव अधिकार रक्षक दिवसको अवसरमा मानव अधिकार रक्षक र अधिकार कर्मीहरूको पहिचान सुरक्षा र चुनौति विषयक अन्तरक्रिया तथा र्‍याली गर्ने कार्यक्रम रहेको बताए ।
कार्यक्रममा दलित महिला अधिकार मञ्च नेपालका कार्यकारी निर्देशक सावित्रा घिमिरेले सहजीकरण गरेका थिए भने, मानव अधिकारका लागि महिला एकल महिलाका प्रदेश संयोजक वेद अवस्थी कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार