१५ पुष २०८२, मंगलवार

पूर्व प्रधानमन्त्री भट्टराईले निर्मलाका बुबालाई भेट



काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सोमबार शिक्षण अस्पतालमा भर्ना गरिएका निर्मला पन्तको बुवा यज्ञराज पन्तलाई भेट गरी उपचारका लागि एक लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।
नयाँ शक्ति पार्टीका अष्ट्रेलियामा रहेका समर्थकले पठाएको रकम हस्तान्तरण गरेका पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।
पन्तको मानसिक स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको शिक्षण अस्पतालमा यज्ञराजको उपचार भइरहेको छ । उनलाई आइतबार काठमाडौं ल्याइएको थियो । भट्टराईले न्यायको आन्दोलनमा आफू साथ रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार