युवती बलात्कृत
सुखड । ‘लैंगिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहँदा एक २८ वर्षीय सुस्त मनस्थितिकी युवती छिमेकी बाटै बलात्कृत भएकी छन् ।
कैलालीको घोडाघोडी नगरपालीमा २८ वर्षीय सुस्त मनस्थितिकी युवती बलात्कृत भएकी हुन् ।
सोही ठाउँ वस्ने अन्दाजी ४० वर्षीय शेरबहादुर रावलले नाताले बहिनी पर्ने सुस्त मनस्थितिकी युवतीलाई बलात्कार गरी फरार रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्षराज जोशीले बताए ।
मंसिर ०६ गते दिउसो बलात्कार भएपनि आइतबार घरमा जानकारी भएपछि घटना सार्वजनिक भएको हो ।
बलात्कार गर्ने रावल विरुद्ध इलाका प्रहरी कार्यालय सुखडमा मुद्दा परेसँगै खोजी कार्य जारी रहेको प्रहरी प्रमुख जोशीले बताए ।