साथी/दौतरीं शिक्षा तालिम
धनगढी । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत अभिभावकहरूका लागि आइतबार धनगढीमा साथी/दौतरी शिक्षा सम्वन्धि तालिम भएको छ ।
अभिभावकलाई घरमा पढाइ वातावरण प्रवर्द्धन गर्न र नियमित विद्यालय भ्रमण गरी आफ्ना बालबालिकाको सिकाइ उपलब्धि जानकारी हासिल गर्न तथा शिक्षकले विद्यार्थी केन्द्रित शिक्षण सिकाईलाई प्रवद्र्धन गर्ने संस्कृति विकासका लागि सान्दर्भिक औजार प्रयोग गरी अभिभावक र अभिभावकबीच तथा शिक्षक र अभिभावकबीच नियमित छलफल गर्न सहयोग गर्न ज्ञानसीपको विकास गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
तालिममा अभिभावकहरूलाई आफ्ना बालबालिकाको शिक्षामा सकारात्मक रूपमा अभ्यस्त हुन, अभिभावकहरूसँग नियमितरूपमा सञ्चार कायम राख्न, अभिभावकहरूलाई आफ्ना बालबालिकाको सिकाइ र शिक्षासम्बन्धी अपेक्षित लक्ष्यहरू हासिल गर्न र विद्यार्थीको विद्यालय समयभन्दा बाहिरको पढ्ने समय वृद्धि गर्नेतर्फ केन्द्रित गराउन ज्ञान र सीपका बारेमा अभिमुखीकरण गरिएको थियो ।
तालिम समापन कार्यक्रममा प्रधानाध्यापक मदनबहादुर बम, शिक्षक अभिभावक संघका अध्यक्ष पशुपति कुँवर, शिक्षिका तुल्सा जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल्सीराम चौधरीको अध्यक्षतामा भएको थियो भने सञ्चालन शिक्षिका रेखा भट्टले गरेकी थिइन् ।




