निर्मला हत्या प्रकरण : बुवालाई मध्य रातमा काठमाडौं लगियो
धनगढी । निर्मलाका बुवा यज्ञराज पन्तलाई जहाजले लान नमानेपछि राति नै धनगढीबाट जीपमा राखेर काठमाडौं लगिएको छ ।
मानसिक सन्तुलन गुमाएपछि उपचारका लागि काठमाडौं जहाजमा लग्न खोजिए पनि मानसिक अवस्था ठिक नभएको भन्दै जहाजले लान नमानेपछि धनगढीस्थित सेती अञ्चल अस्पतालमा सामान्य उपचार राखिएको थियो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको पहलमा एक जना चिकित्सक र तीन जना सुरक्षाकर्मीसहित उनलाई काठमाडौं पठाइएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए ।
अस्पतालको बेडमा नै बर्बराउँदै भाग्न खोजेपछि लडेर उनको खुट्टा, घुँडामा समेत चोट लागेको बताइएको छ । छोरीको हत्यारा सार्वजनिक गर्नुपर्ने भन्दै धर्ना बसेका निर्मलाका बुवा यज्ञराजको मानसिक सन्तुलन गुमेको थियो ।