१२ बैशाख २०८२, शुक्रबार

वृहत देउडा खेल



बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टीपुरमा केदार मेलाको अवसरमा सांस्कृतिक कार्यक्रम सहित बुधबार वृहत देउडा खेल भएको छ । केदार मेला खतिवडा जनकल्याण सोसाइटीको आयोजनामा सो देउडा खेल भएको जनाइएको छ । वृहत देउडा खेलमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी पनि सहभागी भएका थिए ।
सो अवसरमा सामाजिक विकास मन्त्री सुवेदीले प्रदेशमा देउडा संग्रहालय स्थापना गरिने बताए ।
प्रदेश सांसद नन्दबहादुर साउँदले बर्दगोरिया गाउँपालिकामा प्राविधिक क्याम्पस ल्याउने बताए । सांसद साउँदले दोदोधरा स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर २५ शैय्याका अस्पताल बनाउने बताए ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष जयरूप खतिवडाले स्वागत गरेको कार्यक्रममा नेकपाका दिलबहादुर विक, जगत साउँद, नेपाली काँग्रेस बर्दगोरिया सभापति गणेश शाही लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको पत्रकार लोगुसिंह ठकुरीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार