सवारी दुर्घटनामा दुई घाइते
धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १, घोडाघोडी मन्दिर नजिकै मंगलबार बिहान सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट नेपालगञ्ज गइरहेको म १ ज १४२ नम्बरको हाइस दुर्घटनामा परेको थियो । दुर्घटनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ वनसमिति गाउँका २४ वर्षीया लक्ष्मी रावल र बेदकोट नगरपालिका वडा नम्बर ७ लालपुर गाउँका ३५ वर्षीया टिकादेवी डंगौरा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । हायसमा रहेका अरू नौ जना सकुसल रहेको छ ।
हाइसले साइकल यात्रीलाई बचाउने क्रममा अनियन्त्रित भई घोडाघोडी मन्दिर नजिककै नालीमा खसेको इलाका प्रहरी कार्यलय सुखड प्रमुख यक्षराज जोशीले बताए ।
प्रहरीले हाईस र चालकलाई नियन्त्रणमा लिएको छ ।




