नेविसंघद्वारा विरोध प्रदर्शन
धनगढी । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सोमबार कैलालीमा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका क्रममा संघका कार्यकर्ताहरूले प्रधानमन्त्रीको पुत्ला समेत दहन गरे । नेविसंघ, कैलालीले प्रधानमन्त्रीको तस्बिर प्रयोग गरी बनाइएको कार्टुन फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ गरिएका काभ्रेका कृष्ण ढकालको रिहाईको माग गर्दै आन्दोलन गर्दै आएको छ ।
धनगढीमा भएको विरोध प्रदर्शन तथा पुत्ला दहन कार्यक्रममा नेविसंघका नेताहरूले पक्राउ गरिएका ढकालको तत्काल रिहाई नगरिए सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिए ।




