बालिका बलात्कारको आरोपमा बृद्ध थुनामा
धनगढी । धनगढी उपमहानगरपालिकामा ६८ वर्षीय बृद्ध एक बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का एक पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उदयपुर गाईघाट वडा नम्बर ४ स्थायी घर भएका ६८ वर्षीय स्पन्दन राईलाई शनिबार सांझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार केही समयदेखि धनगढीमा आफन्तको घरमा बस्दै आएका राईले शनिबार घरमा कोही नभएको समयमा बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।
पीडित परिवारले प्रहरीलाई उजुरी गरेपछि प्रहरीले वृद्धलाई पक्राउ गरेको थियो ।
बालिकाको स्वास्थ्य परीक्षण गरिएको र त्यसको रिर्पोटले बलात्कार भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताए ।




