६ पुष २०८१, शनिबार

नेपाल संवत् ११३९ शुरु



काठमाडौँ  । नेपाल संवत् ११३९ बिहीबार देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई विशेषगरी नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेको विश्वास गरिन्छ ।

नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।
काठमाडौँको कीर्तिपुरमा पनि नेपाल सम्वत विशेष रुपमा मनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार