१७ आश्विन २०८१, बिहीबार

युवा नेतृत्वका लागि अभिमुखीकरण



धनगढी । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनगढीको आयोजनामा मंगलबार युवा नेतृत्वको लागि अभिमुखीकरण कार्यक्रम भएको छ ।
इन्सेकका प्रदेश संयोजक खडकराज जोशीका अनुसार इन्सेकमार्फत यस वर्ष कैलालीकी रविना चौधरी र ऋचा पनेरू नर्वे, भारत लगायतका मुलुकमा अध्ययनका लागि गएको बताए ।
नर्वे तथा भारत लगायतका मुलुकमा अध्ययनका लागि गएका रबिना तथा ऋचाले अध्ययन भ्रमणका क्रममा आफूहरूले सिकेका र भोगेका कुराहरूबारे युवाहरूलाई जानकारी दिएका थिए ।
कार्यक्रमबारे प्रस्तुति गर्दै ऋचाले नेतृत्व, दिगो विकास लक्ष्य, विश्व आचारसंहिता, खिन्नता, मानवअधिकार संरक्षण, संस्कार, संस्कृति लगायतका विषयमा जानकार हुने अवसर पाएको बताइन् ।
इन्सेकले प्रत्येक वर्ष युवाहरूलाई सक्षम बनाउन तीन जना युवाहरूलाई यस कार्यक्रममा समावेश गर्ने गरेको प्रदेश संयोजक जोशीले बताए । “१२ दिन छनौटमा परेका युवाहरूलाई अभिमुखीकरण गरिन्छ” उनले भने– “नर्वेमा आठ महिनाका लागि उनीहरूलाई विभिन्न देशमा गएर काम गर्ने अवसर बनाइन्छ ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार