१३ पुष २०८१, शनिबार

असहाय आश्रम निर्माणका लागि देउसीभैलो



लम्की । लम्कीचुहा नगरपालिका वडा नम्बर ६ को आयोजना तथा महिला जागरण केन्द्र नेपालको सहयोगमा जेष्ठ नागरिक मिलन केन्द्र तथा असहाय आश्रम निर्माणका लागि देउसीभैलो खेलिने भएको छ ।
वडाध्यक्ष नेत्र सुनाखरी मगरले मौलिक संस्कृतिको संरक्षण गर्नको लागि वडा कार्यालयले देउसीभैलो आयोजना गर्न लागेको बताए ।
महिला जागरण केन्द्रका अध्यक्ष विष्णाकुमारी बिसीले जेष्ठ नागरिक मिलन केन्द्र तथा असहाय आश्रम निर्माणका लागि देउसीभैलो खेलिने बताइन् ।
उनले थारू, मगर तथा अन्य समुदायको मौलिक पोशाकमा संयुक्त देउसीभैलो खेलिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार