२५ आश्विन २०८१, शुक्रबार

सञ्चारकर्मी मल्लको स्मृतिमा पुरस्कार घोषणा



धनगढी । कैलालीका सञ्चारकर्मी हेम मल्लको स्मृतिमा मंगलबार अत्तरियामा श्रद्धाञ्जली सभा तथा पुरस्कार घोषणा कार्यक्रम भएको छ ।
सञ्चारकर्मी मल्लको २०७३ साल कात्तिक २० गते कैलालीको गेटामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।
उनको स्मृतिमा सुदूरपश्चिम बहुउद्देश्यीय मञ्चले श्रद्धाञ्जली सभा र पुरस्कार घोषणा कार्यक्रम आयोजना गरेको थियो ।
सो अवसरमा ‘हेम मल्ल स्मृति आमसञ्चार पुरस्कार २०७५’ र ‘परिमल स्नेही राष्ट्रिय डेउडा प्रतीभा पुरस्कार २०७५’ को घोषणा गरियो ।
हेम मल्ल स्मृति आमसञ्चार पुरस्कार–२०७५ डोट्याली भाषाको मासिक पत्रिका गुगुल्टीका प्रधान सम्पादक वीरबहादुर चन्दलाई प्रदान गरिने जनाइएको छ ।
त्यस्तै, परिमल स्नेहि राष्ट्रिय डेउडा प्रतीभा पुरस्कार–२०७५ गायक एवं संगीतकार टेकराज अवस्थीलाई प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार