गलत गर्ने जोकोही पनि कारवाहीको दायरामा– प्रमुख आयुक्त
धनगढी । अख्तियार दुरुपयोग अनुसन्धानका आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले उच्चपदस्थ सरकारी कर्मचारीदेखि वडापालिका कार्यालय कर्मचारीहरू अख्तियारको निगरानीमा रहेको बताएका छन् । आइतबार धनगढीमा आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा अख्तियारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त घिमिरेले पदको दुरुपयोग गर्ने जोकोहीले पनि कारवारीबाट उन्मुक्ति नपाउने दोहोराए ।
प्रमुख आयुक्त घिमिरेले कुनै पनि क्षेत्रमा रहेको भ्रटाचार रोक्दै सुशासन कायम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्षम रहेको बताए ।
उनले विकास निर्माण कार्यमा भइरहेको ढिलाईमा समेत अब अख्तियारले अनुसन्धान गर्ने जानकारी दिए । उनले ठेकेदारले क्षमता अनुसार ठेक्का लिनुपर्ने र अनावश्यक रूपमा ठेक्का लिने ठेकेदार तथा नीति नियम विपरित ठेक्का लिने दिने जनप्रतिनिधि र कर्मचारी आयोगको फन्दामा पर्ने चेतावनी दिए ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धानका आयोगका सचिव महेश्वर न्यौपानले स्थानीय तहमा भं्रष्टाचार भएका भन्दै उजुरीहरू बढिरहेको बताए । उनले अख्तियारले स्थानीय तहहरूका गतिविधिलाई नजिकबाट नियालिरहेको बताए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विकाश निमाणका कामका बाधक नभई साधक बन्न चाहेकोले अरूलाई देखाएर पन्छिने प्रवृतिको अन्त्य गरिने बताए ।
सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद विनाडीले मनोरोगको रूपमा रहेको भ्रष्टाचारलाई अन्त्य गर्नका लागि कानूनको पूर्णरूपमा पालना गर्नुपर्नेमा जोड दिए । उनले संघीयता कार्यान्वयनको क्रममा भ्रष्टाचारलाई जरैदेखि उखेल्नुपर्ने र राम्रो गर्ने कर्मचारीलाई पुरस्कृत र नराम्रो गर्ने कर्मचारीलाई कडा कारवाही गरिने बताए ।