नीतिगत तथा कानूनी व्यवस्थासम्बन्धी कार्यशाला
धनगढी । स्थानीय तहको विषयगत समितिका लागि नीतिगत तथा कानूनी व्यवस्थासम्बन्धी कार्यशाला गोष्ठी आइतबार समापन भएको छ ।
दलित महिला अधिकार मञ्चको आयोजनामा भएको कार्यशालामा गौरीगंगा नगरपालिका तथा कैलारी गाउँपालिकाका सामाजिक, आर्थिक विकास समिति तथा सुशासन र संस्थागत विकास समितिका संयोजक, वडाध्यक्ष र सदस्यहरूको सहभागिता रहेको थियो ।
गोष्ठीमा अधिवक्ता पुष्पविक्रम शाहीले समितिका संयोजकको काम, कर्तव्य, कानूनी व्यवस्था, नीति निर्माण लगायतबारे प्रशिक्षण दिएका थिए ।
त्यस्तै, धनगढी उपमहानगरपालिकाका उपमेयर सुशीला मिश्र भट्टले महिला, आदिवासी जनजाति, दलित तथा पिछडा वर्गहरूको हकअधिकार, लैंगिक सामानताबारे प्रशिक्षण दिइकी थिइन् ।
मञ्चका कार्यकारी निर्देशक सावित्रा घिमिरेले सहजीकरण गरेको कार्यक्रममा २४ जनाको सहभागिता रहेको थियो ।