१५ पुष २०८२, मंगलवार

लोकभिजन साप्ताहिक प्रकाशन आरम्भ



लम्की । लम्कीबाट लोकभिजन साप्ताहिक पत्रिकाको प्रकाशन आरम्भ भएको छ । आइतबार एक कार्यक्रमबीच लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाईंले सो साप्ताहिकको बिमोचन गरे ।
सो अवसरमा नगर प्रमुख बजगाईं, उपप्रमुख टीका थापा, नेपाल पत्रकारम महासंघ, कैलालीका उपाध्यक्ष दुर्गा देवकोटा, लम्कीचुहा नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष हर्कबहादुर कठरिया लगायतले पत्रिकाको सफलताका लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पत्रकार लोकबहादुर देउवा प्रकाशक रहेको सो पत्रिका विमोचनका अवसरमा स्थानीय जनप्रतिनिधिहरू, व्यापारी, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
विमोचन कार्यक्रमको सञ्चालन साप्ताहिकका सम्पादक जनकबहादुर बिष्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार