१४ कार्तिक २०८१, बुधबार

काँग्रेसको शुभकामना कार्यक्रम



धनगढी । नेपाली काँग्रेस धनगढी उपमहानगरपालिका वडा नम्बर १२ वडा कार्यसमितिले शनिबार दिपावली तथा छठको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।
काँग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रमको आयोजना गर्ने गरेकोमा नेता चक्रप्रसाद बास्तोलाको निधन भएका कारण चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम ढिलो आयोजना गरिएको जनाइएको छ ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, नेपाली काँग्रेस महासमिति सदस्य नारायण भट्ट, नेपाल महिला संघका केन्द्रीय सदस्य तथा धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशिला मिश्र भट्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार