याकको साधारण सभा
धनगढी । परिर्वतनका लागि कार्यरत युवा समूह (याक) नेपालको १४ औं वार्षिक साधारण सभा शनिबार धनगढीमा भएको छ ।
साधारण सभाको धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले उद्घाटन गरिन् । सो अवसरमा उपप्रमुख मिश्रले समाजमा रहेका विकृति न्यूनीकरणका लागि प्रत्येक नागरिकले दायित्वबोध गर्नुपर्ने बताइन् ।
साधारण सभा संस्थाका अध्यक्ष दिलबहादुर खातीको अध्यक्षतामा भएको थियो । सो अवसरमा संस्थाका कार्यक्रम निर्देशक डबल बमले संस्थाको नीति तथा कार्यक्रमबारे जानकारी दिएका थिए । साधारण सभामा संस्थाको गत आर्थिक वर्ष २०७४/०७५ को तीन करोड १३ लाख नौ सय रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
संस्थाका महासचिव धनबहादुर रावलले सञ्चालन गरेको कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार संयोजक बलबहादुर रोकाया, निवर्तमान अध्यक्ष भागरथी सिंह, कानूनी सल्लाहकार गम्भीरसिंह ऐर, गैसस महासंघ कैलालीका अध्यक्ष हेमकर्ण विक, नेपाल रेडक्रस सोसाइटी कैलालीका लोकराज जोशी, मानबहादुर चौहानलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।